२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालकोटमा ओलीको हिसाब : गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री !

८ पुष २०७९, शुक्रबार १०:०४

पुस ८, काठमाडौँ | ५ वर्षे कार्यकालका लागि पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठोस सहमति जुट्न नसकेका बेला दोस्रो ठूलो दल नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने र वैकल्पिक गठबन्धन बनाउने कसरतलाई तीव्रता दिएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूले समेत आन्तरिक भेटघाट र संवादमा सक्रियता बढाएका छन् । घोषित रुपमै हालको सत्ता गठबन्धन भंग हुनुपर्छ भन्ने मान्यता अघि सारेको एमालेले यदि त्यसो भएमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री मान्न समेत तयार भएको संकेत गरिसकेको छ ।


नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई गठबन्धन भत्काएर आउन पटक पटक आफू निकट नेताहरुमार्फत सन्देश पठाइसकेका छन् । केही दिनयता एमालेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले गठबन्धन छोडेर आउन र एमालेको सहयोगमा प्रधानमन्त्री बन्न प्रचण्डलाई भेटेरै आग्रह गरिसकेका छन् । तर, एमाले नेताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले तत्काल कांग्रेससँगको गठबन्धन आफूले तोड्न नचाहेको जवाफ दिने गरेका छन् । 

उसो त बुधबार र बिहीबार शीतल निवासदेखि नयाँ बानेश्वरसम्म ओली र प्रचण्ड आमनेसामने हुँदा विभिन्न कोणबाट सहकार्यबारे विश्लेषण भइरहेका छन् । दुई कार्यक्रममा दुई नेताबीच भलाकुसारी र मुस्कुरावटले एमाले र माओवादीबीचको सहकार्य बढ्नसक्ने संकेतका रुपमा समेत कतिपयले लिन थालेका छन् ।  राष्ट्रपतिले दिएको समयसीमा सकिन करिब ४८ घन्टा बाँकी हुँदा पनि सत्ता गठबन्धनबीच खुस खबर नआउँदा एमाले अझै आशावादी देखिएको छ । 

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाबीच हालकै गठबन्धनलाई निरन्तरता दिने सैद्धान्तिक सहमति भएपनि आलोपालो प्रधानमन्त्रीमा ‘प्रचण्ड पहिला कि देउवा ?’ भन्नेमा कुरा मिल्न सकेको छैन । गठबन्धनको ठूलो दलको हैसियतले देउवा नै पहिला प्रधानमन्त्री बन्नुपर्ने कांग्रेसको अडानमा प्रचण्ड सहमत छैनन् । ओली सरकारको बहिर्गमनपछि हालसम्म देउवा प्रधानमन्त्री भएकाले नयाँ जनादेशपछि आफू प्रधानमन्त्री हुनुपर्ने प्रचण्डको भनाइ छ । यसमा देउवाले ठोस जवाफ नदिएपनि ‘सल्लाह गर्न सकिने’मात्रै भनेका छन् । यदि यही गठबन्धनबाट अध्यक्ष प्रचण्ड पहिलो प्रधानमन्त्री बन्ने विषयमा सहमति नजुटे विकल्पका रुपमा प्रचण्डले पनि एमालेसँग सहकार्य गर्न पछि नपर्ने सन्देश देउवालाई दिइसकेका छन् ।

शुक्रबार बिहानमात्रै पनि प्रचण्डले कांग्रेस नेता प्रकाशमान सिंहमार्फत सोही सन्देश पठाएको खुमलटार स्रोतले बताएको छ । बिहान प्रचण्डसँग कुराकानी गरेका सिंह दिउँसो प्रचण्डको सन्देश लिएर बालुवाटार पुगेर देउवासँग छलफल गरेका थिए । नेताहरुका अनुसार प्रचण्डलाई मनाउन सिंह र देउवालाई मनाउन माओवादी केन्द्रका नेता जनार्दन शर्मा आन्तरिक रुपमा लागेका छन् । गठबन्धनमा भइरहेको राजनीतिक माच्छापच्छिलाई नियालेको एमाले नेताहरुले यदि गठबन्धन टुटेमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न कुनै समस्या नभएको सार्वजनिक रुपमै बताउन थालेका छन् ।

‘सरकार बनाउने जनादेश अहिले हामीलाई छैन । तर गठबन्धनले सकेन भने दोस्रो ठूलो दल चुप लागेर बस्ने कुरा आउँदैन’, उपाध्यक्ष नेम्वाङ भन्छन्, ‘त्यो अवस्था आयो भने के गर्ने भनेर एमालेले सोचेको छ ।’ यदि गठबन्धनमा कुरा मिलेन भने प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न एमाले तयार छ ? भन्ने प्रश्नको जवाफमा नेम्वाङको भनाइ छ, ‘विकल्पविहीन अवस्था आउनुहुँदैन । हामी त्यसमा नकारात्मक बन्नुपर्ने अवस्था छैन ।’

नेम्वाङले भनेजस्तै विकल्पविहीन अवस्था आउन नदिने भन्नुको अर्थ एमाले अरू पद आफूले लिएर प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न पनि तयार छ भन्ने बुझ्न कठिन छैन । बिहीबार संसदको सपथ लिनु अघि अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा सचिवालय बैठक राखेर सोही आशयको ब्रिफिङ गरेका थिए । त्यस क्रममा अध्यक्ष ओलीले अहिले सरकार बनाउन एमालेले हतारिनु नपर्ने भन्दै ‘पर्ख र हेर’को अवस्थामा बस्दै आन्तरिक तयारीलाई पनि निरन्तरता दिनुपर्ने बताएका थिए ।

आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग लगातार छलफल गरिरहेको छ। एमालेसँग हाल उपेन्द्र यादव नेतृत्वको जसपा, राप्रपालगायतका दलहरु नजिक छन् । यस्तोमा माओवादीले गठबन्धन छोडेर आएमा माओवादी, जसपा, राप्रपा र नागरिक उन्मुक्ति वा जनमतलाई समेत साथमा लिएर सरकार बनाउन भुमिका खेल्ने देखिन्छ । ७८ सिट रहेको एमालेमा माओवादीको ३२, राप्रपाको १४, जसपाको १२ सिट जोड्दा १३६ हुन्छ । यसमा सिके राउत वा रेशम चौधरीमध्ये एकलाई आफूतिर तानेर (१३८) बहुमतको आफूअनुकुल सरकार बनाउने एमालेको आन्तरिक रणनीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने