पुस १२, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले शेरवहादुर देउवालाई झुक्याएर गठबन्धनबाट प्रचण्डलाई खोसेको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिमबाट निर्वाचित नेकपा एसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको स्वागतमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओलीको चाल देउवाले बुझ्न नसक्दा गठबन्धन भताभुंग भएको बताए ।

नेपालले भने– म तपाईंहरुलाई गोप्य कुरा भन्छु, मोबाइल बन्द गर्नुस् । केपी ओलीले त्यो दिन (आइतबार) बिहान पनि देउवाजीलाई फोन गरेर तपाई कुनै हालतमा प्रधानमन्त्री नछाड्नुस् । त्यसपछि प्रचण्ड रिसाएर हिँड्छन् । मैले उनलाई समर्थन गर्दिनँ, तपाई ५ वर्ष नै प्रधानमन्त्री बन्नुहोला भनेछन् । देउवाजी मख्ख परेर बसे । प्रचण्डले गठबन्धन तोडियो भनेर बालुवाटार बाट हिँडेपछि पनि देउवालाई विश्वास थिएन । ४ बजेसम्म केपी ओलीलाई पर्खेर बालुवाटारमा बस्दा उता हस्ताक्षर भइसकेको थियो । मलाई फोन गरेर माधवजी प्रचण्डजीलाई भन्नुस् पहिलो कार्यकाल उहाँलाई नै दिने हो । तर त्यतिबेला ढिला भइसकेको थियो । समय घर्केपछि भनेर हुन्छ ? उनीहरु राष्ट्रपतिकोमा गइसकेका थिए ।

नेपालले प्रचण्ड हिँडेपछि पनि आफूले गठबन्धनकै सरकार बनाउन भनेर रवि लामिछानेलाई खबर गर्दा उनले आफू त बालकोट पुगिसकेको बताएपछि कुरा बित्याँस भएछ भन्ने लागेको सुनाए । उनले राजेन्द्र लिङदेनले आफ्नो फोन नउठाएको र केपी ओलीको प्रयास असफल बनाउन नसकिएको सुनाए ।

December 27, 2022
काठमाडौँ - KTM, राजनीति
केपी ओलीले देउवालाई कुनै हालतमा प्रधानमन्त्री नछाड्नुस् भनेर झुक्याएछन्- माधव नेपाल
By साझासवाल
3 मिनेट पढाइ