१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीयको मनसायविपरीत अन्डरग्राउन्ड पार्किङ बनाउनु हुँदैन: उपमेयर डंगोल

१४ पुष २०७९, बिहीबार ०९:३१

पुस १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले स्थानीयको मनसायविपरीत खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्न नहुने बताएकी छन् । उनले पार्किङका लागि अरू ठाउँका बारेमा पनि सोच्नुपर्नेमा जोड दिएकी छन् ।

“स्थानीयको मनसायविपरीत खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण हुनु हुँदैन । खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउँदा कति फाइदा र कति बेफाइदा हुन्छ, यी कुराको सूक्ष्म अध्ययन गरिनुपर्छ । राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो खुलामञ्च,” डंगोलले भनिन्, “असर र प्रभावबारे सोच्नुपर्छ । यदि, बनाउने नै हो भने स्थानीयलगायत सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर हुनुपर्छ ।”


महानगरले खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ बनाउनेबारे डीपीआर प्रक्रिया अगाडि बढाइसकेको छ । गएको कात्तिक २९ गते महानगरको १०औँ कार्यपालिका बैठकबाट खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने प्रस्ताव पारित गरिएको थियो । महानगरको सो निर्णयानुसार खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना निर्माण गर्ने भनिएको छ ।

तर, काठमाडौं–२८ का वडाध्यक्ष भाइकाजी खड्गीले समेत खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने विषयमा असहमति जनाएका छन् । स्थानीयवासीले महानगरले उक्त निर्णय फिर्ता लिनुपर्ने र खुलामञ्चको विकल्पमा अन्यत्रै ठाउँ खोज्नुपर्ने माग गर्दै आएका छन् । खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गरे काठमाडांैको ‘रिचार्ज सिस्टम’ बिग्रने सम्पदा संरक्षणकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह