२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीयको मनसायविपरीत अन्डरग्राउन्ड पार्किङ बनाउनु हुँदैन: उपमेयर डंगोल

२०७९, १४ पुष बिहीबार ०९:३१

पुस १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले स्थानीयको मनसायविपरीत खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्न नहुने बताएकी छन् । उनले पार्किङका लागि अरू ठाउँका बारेमा पनि सोच्नुपर्नेमा जोड दिएकी छन् ।

“स्थानीयको मनसायविपरीत खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण हुनु हुँदैन । खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउँदा कति फाइदा र कति बेफाइदा हुन्छ, यी कुराको सूक्ष्म अध्ययन गरिनुपर्छ । राजनीतिक र सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो खुलामञ्च,” डंगोलले भनिन्, “असर र प्रभावबारे सोच्नुपर्छ । यदि, बनाउने नै हो भने स्थानीयलगायत सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर हुनुपर्छ ।”


महानगरले खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ बनाउनेबारे डीपीआर प्रक्रिया अगाडि बढाइसकेको छ । गएको कात्तिक २९ गते महानगरको १०औँ कार्यपालिका बैठकबाट खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने प्रस्ताव पारित गरिएको थियो । महानगरको सो निर्णयानुसार खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना निर्माण गर्ने भनिएको छ ।

तर, काठमाडौं–२८ का वडाध्यक्ष भाइकाजी खड्गीले समेत खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने विषयमा असहमति जनाएका छन् । स्थानीयवासीले महानगरले उक्त निर्णय फिर्ता लिनुपर्ने र खुलामञ्चको विकल्पमा अन्यत्रै ठाउँ खोज्नुपर्ने माग गर्दै आएका छन् । खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गरे काठमाडांैको ‘रिचार्ज सिस्टम’ बिग्रने सम्पदा संरक्षणकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट