२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपाको बटमलाइन- उपराष्ट्रपतिसहित तीन मन्त्री र मधेसको मुख्यमन्त्री

२०७९, १४ पुष बिहीबार १०:०२

पुस १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि जसपा सरकारमा सहभागीबारे ‘पर्ख र हेर’को अवस्थामा छ ।

प्रधानमन्त्री प्रचण्डले जसपासहित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयास गरेका छन् । तर, दुवै दलहरु आन्तरिक गृहकार्यमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धन छाडेर चुनावअघि नै एमाले कित्तामा उभिएको थियो । अहिले एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताबारे निर्णय गर्न सकेको छैन ।


सरकारमा जाने वा नजाने निर्णय गर्न पुस १६ गते केन्द्रीय कार्यकारिणी समिति र १८ र १९ गते राजनीतिक समितिका बैठक बस्ने प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘सरकारमा जानेबारे अहिले हामीले कुनै निर्णय गरेका छैनौँ । चुनावी समीक्षासहित सरकारमा सहभागी हुनेबारे त्यही बैठकबाट निर्णय हुन्छ ।’ उनले सरकारले राख्दै आएको मधेशको मुद्दा सम्बोधन गर्ने परिस्थिति बनेमा सरकारमा सहभागी हुनसक्ने तर्क गरे ।

उनले भने, ‘सरकारमा जान हामीलाई त्यस्तो धेरै गाह्रो छैन । तर, हामीले उठाउँदै आएको माग सम्बोधन गर्न अहिलेसम्मका सरकारले आश्वासन मात्रै दिए । कार्यान्वयन गरेनन् । त्यसैले अहिले हामीले पहिला शर्त अघि सारेका हौँ ।’

जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुन पावर शेयरिङको विषयमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा छन् । प्रचण्ड र ओलीसँगको भेटमा अध्यक्ष यादवले सरकारमा सहभागीतासहित मुख्य एक संवैधानिक पदमा दाबी गरेको एक नेताले बताए । ती नेताले भने, ‘बैठकले सरकारमा सहभागी हुने निर्णय गर्छ होला । सरकारमा जाँदा हामीले मुख्य संवैधानिक पदमध्ये उ पराष्ट्रपतिमा हाम्रो स्वभाविक दाबी रहन्छ ।’

उनले दलहरुबीच प्याकेजमै भागबण्डा हुने भएपछि उपराष्ट्रपतिसहित तीन मन्त्री र मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरे । तर, संघीय सरकारको दुई मन्त्री र मधेस प्रदेशको मुख्यमन्त्री डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग आलोपालो दिनेगरी सहमतिको प्रयास भइरहेको छ । तर, ओली र प्रचण्डको आलोपालो प्रस्तावमा अध्यक्ष यादव सकारात्मक बनेका छैनन् । पार्टीको बैठक आह्वान भइसकेकाले सरकारमा जाने वा नजाने भन्ने कुरा त्यहीबाट टुंगो लाग्ने जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले बताए । उनले भने, ‘जसपा सरकारमा गएपनि नगएपनि आफ्नो एजेण्डा उठाउन छाड्दैन । सडकदेखि संसद हुँदै सरकारमा गएपनि हाम्रो भूमिका सशक्त रुपमा प्रस्तुत हुन्छौँ । जनताको माग र मुद्धालाई सम्बोधन गर्नमा लाग्छौँ ।’

मधेशको अंकगणित

मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जसपासहित जनमत पार्टीले पनि दाबी गरेको छ । संघदेखि प्रदेशसम्म प्याकेजमा भागबण्डा मिलाउने भएकाले मधेश प्रदेशको मुख्यमन्त्री जसपा र जनमतलाई आलोपालो गरि नेतृत्व छाड्न ओली र प्रचण्ड सहमत छन् । प्रारम्भिक प्रस्तावअनुसार एमालेलाई ४, माओवादीलाई २ र मधेशमा जसपा र जनमतको आलोपालो हुनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ । तर, यसबारे औपचारिक निर्णय भएको छैन । तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा आए यो सहमतिमा फेरबल हुनसक्ने नेताहरुले बताएका छन् ।

मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार निर्माणको लागि आवश्यक ५४ सांसद आवश्यक पर्छ। मधेशमा २३ सीटसहित एमाले पहिलो दल बनेको छ। कांग्रेसले २२, जसपाले १६, जनमतले १३, लोसपाले ९, माओवादीले ८ र नेकपा एसले ७ सीट जितेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल