१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री लामिछाने र राप्रपा अध्यक्ष लिङदेनसँग प्रधानमन्त्री प्रचण्डको छलफल

२० पुष २०७९, बुधबार ११:००

पुस २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफल गरेका छन्। 


प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने र राप्रपा अध्यक्ष लिङदेन बालुवाटार पुगेका थिए। पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँगको छलफललाई तीव्रता दिइ रहेका छन्। यही क्रममा बुधबार उनले दुई सत्ता साझेदार दलका अध्यक्षसँग छलफल गरेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। 

प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग मन्त्रिमण्डल विस्तार, सरकारले ल्याउने तयारी गरेको साझा कार्यक्रमलगायतका समसामयिक विषयमा छलफल गरेका थिए।

यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए। सिंहदरवारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो। सरकारमा सहभागिताका बारेमा दुई नेताबीच छलफल भए पनि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिता बारे निर्णय गरेको छैन। सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह