२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस युनियन कर्णालीको अधिवेशनमा माइक खोसाखोस

२०७९, २१ पुष बिहीबार ०७:५४

पुस २१, काठमाडौँ | नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच माइक खोसाखोस भएको छ । बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबची विवाद सृजना हुँदा माइक खोसाखोस भएको हो ।


संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र आफना पार्षदहरुको नाम काटिएको संस्थापन पक्षधरको अरोप छ । यही विषयमा लिएर दुई पक्षधरबीच माइक खोसाखोस भएको अधिवेशनमा सहभागी एक पत्रकारले बताए । ‘संस्थापन इतरका साथीहरुले मनमौजी रुपमा पार्षदहरु हाल्ने, फाल्ने गरेको देखियो । त्यही कुरामा विवाद हुने क्रममा हुम्लाका एक प्रतिनिधिले माइक नै चुडाइँ दिएका छन्,’ उनले भने ।

कार्यक्रममा बिवाद हुँनुको प्रखुख कारण भने प्रमुख अतिथीको विषयलाई लिएको भएको कार्यक्रममा सहभागी अर्का पत्रकारले बताए । संस्थापन इतर पक्षले प्रमुख अतिथिका रुपमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई बोलाइएको थियो । तर संस्थापन पक्षले कुनै पनि प्रोटफोलियो नभएका रिजाललाई प्रमुख अतिथि बनाउँन नुहँने भन्दै दुई तीन दिन अगाडी देखि नै विरोध गर्दै आएको थियो।कर्णालीका मुख्यमन्त्रीसमेत रहेका काँग्रेस कार्यसम्पादन समितीका सदस्य जीवन बहादुर शाहीलाई नै प्रमुख अतिथि बनाउँनु पर्ने संस्थापन पक्षको अडान थियो। तर संस्थापन इतरले त्यसो नगरेपछि पार्षदको विषयलाई उचालेर विवाद सृजना भएको सहभागीहरुले बताएका छन् । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता हृदयराम थानीलगायत सहभागिता थियो । उनीहरुकै अगाडि दुई पक्षबीच माइक खोसाखोस भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट