Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जसपाले सरकारमा सहभागी हुन अघि सार्‍यो सर्त

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २, काठमाडौँ | </b>जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेको छ । न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने सो पार्टीको भनाइ छ ।&nbsp; ‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन’, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘ सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ ।’<br></p><p>प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको भनिएका बेला उनले भने पार्टीको लागि न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने बताए । अन्यथा सरकारमा सहभागी नहुने उनको भनाइ थियो ।</p>