२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले पायो ८ मन्त्रालय, यी हुन् मन्त्री बन्ने अनुहारहरू

२०७९, ३ माघ मंगलवार ०६:२२

माघ ३, काठमाडौं | नेकपा एमालेले सरकारमा पठाउने ८ मन्त्रीको नाम टुंगो लगाएको छ । यसपटक एमालेबाट अधिकाशं नयाँ अनुहारले अवसर पाउने भएका छन् ।

यसअघि शपथ लिइसकेका ३ विना विभागीय मन्त्रीबाहेक भगवती चौधरी, हरि उप्रेती, पदम गिरी, विमला राई र बलराज अधिकारी आज मन्त्री बन्नेछन् ।


चौधरी कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी सांसद हुन् । गिरी पर्वतबाट २ पटक विजयी सांसद हुन् । उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साहले पुस ११ गते शपथ लिएका थिए । उनीहरूले अहिलेसम्म मन्त्रालय पाएका थिएनन् । एमालेले एउटा राज्यमन्त्री पनि पाउने छ ।  

अर्थ मन्त्रालय लिइसकेको एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कृषि विकास र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधान र अर्थसहित नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गरेका छन् । 

मंगलवार नयाँ मन्त्रीको शपथ हुँदैछ । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बनेर सरकारमा सहभागी हुँदैछन् । माओवादीले पाएको सञ्चार, संघीय मामिला र सामान्य प्रशासन र युवा तथा खेलुकुद मन्त्रालयमा नयाँ मन्त्रीले शपथ गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी