११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘पठान’लाई थप परिवर्तन गर्न दिल्ली अदालतको आदेश

३ माघ २०७९, मंगलवार ०७:१७

माघ ३, काठमाडौं | शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’लाई दिल्ली उच्च अदालतले केही परिवर्तन गर्न आदेश दिएको छ। अदालतको यो आदेश फिल्मको ओटीटी रिलिजसँग सम्बन्धित छ।

अदालतले फिल्म ओटीटीमा स्ट्रिम हुनुअघि बन्द क्याप्सन हिन्दी भाषामा अडियो विवरण र उप-शीर्षकहरू तयार गर्न निर्देशन दिएको छ। फिल्म अप्रिलमा ओटीटी प्लेटफर्म प्राइम भिडियोमा स्ट्रिम हुनेछ भने २५ जनवरीमा हलमा रिलिज हुँदैछ।


अदालतले फिल्म ‘पठान’का निर्माताहरूलाई सबै आवश्यक परिवर्तन गरेर पुन: प्रमाणीकरणको लागि सीबीएफसीमा पेश गर्न आदेश दिएको छ। 

शाहरुख खानको बहुप्रतिक्षित फिल्म हो ‘पठान’। यो फिल्म हिन्दीसँगै तेलुगु र तमिल भाषामा पनि रिलिज हुनेछ।

फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष रानाको पनि अभिनय रहेको छ। ट्रेलर सार्वजनिक भएदेखि नै यो फिल्म सामाजिक सञ्जालमा चर्चामा छ।

फिल्मको गीत ‘बेशरम रंग’को विवाद अझै शान्त भएको छैन। तर, विवादपछि फिल्ममा थप १० कट गरिएको छ। यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् र यसको निर्माता आदित्य चोपडा हुन्। फिल्म करिब २५० करोडको बजेटमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह