माघ ३, काठमाडौं | शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’लाई दिल्ली उच्च अदालतले केही परिवर्तन गर्न आदेश दिएको छ। अदालतको यो आदेश फिल्मको ओटीटी रिलिजसँग सम्बन्धित छ।

अदालतले फिल्म ओटीटीमा स्ट्रिम हुनुअघि बन्द क्याप्सन हिन्दी भाषामा अडियो विवरण र उप-शीर्षकहरू तयार गर्न निर्देशन दिएको छ। फिल्म अप्रिलमा ओटीटी प्लेटफर्म प्राइम भिडियोमा स्ट्रिम हुनेछ भने २५ जनवरीमा हलमा रिलिज हुँदैछ।

अदालतले फिल्म ‘पठान’का निर्माताहरूलाई सबै आवश्यक परिवर्तन गरेर पुन: प्रमाणीकरणको लागि सीबीएफसीमा पेश गर्न आदेश दिएको छ।

शाहरुख खानको बहुप्रतिक्षित फिल्म हो ‘पठान’। यो फिल्म हिन्दीसँगै तेलुगु र तमिल भाषामा पनि रिलिज हुनेछ।

फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष रानाको पनि अभिनय रहेको छ। ट्रेलर सार्वजनिक भएदेखि नै यो फिल्म सामाजिक सञ्जालमा चर्चामा छ।

फिल्मको गीत ‘बेशरम रंग’को विवाद अझै शान्त भएको छैन। तर, विवादपछि फिल्ममा थप १० कट गरिएको छ। यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् र यसको निर्माता आदित्य चोपडा हुन्। फिल्म करिब २५० करोडको बजेटमा बनेको हो ।

January 17, 2023
काठमाडौँ - KTM, राजनीति
फिल्म ‘पठान’लाई थप परिवर्तन गर्न दिल्ली अदालतको आदेश
By साझासवाल
3 मिनेट पढाइ