११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्र मन्त्री विमला पौडेल राईद्वारा पदभार ग्रहण

३ माघ २०७९, मंगलवार ०८:४७

माघ ३, काठमाडौँ | नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्।  

मंगलबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी छन्।


उनलाई मन्त्रालयका सचिवसहित कर्मचारीहरूले स्वागत गरेका थिए।

यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्।

२०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन्।

त्यही अनुभवका आधारमा उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भइन्।

२०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिन्छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह