पढ्न करिब 1 मिनेट लाग्छ

माघ ३, काठमाडौँ | नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्।

मंगलबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी छन्।

उनलाई मन्त्रालयका सचिवसहित कर्मचारीहरूले स्वागत गरेका थिए।

यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्।

२०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन्।

त्यही अनुभवका आधारमा उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भइन्।

२०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिन्छ।