Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

<p><b>माघ ३, काठमाडौँ | </b>म्याग्दीमा आफ्नै बुहारीको हत्या आरोपमा ससुरा पक्राउ परेका छन् ।<br></p><p>पक्राउ पर्नेमा धौलागिरी गाउँपालिका–३ मुना बस्ने ५३ वर्षीय ईन्द्रबहादुर भण्डारी छन् । उनले २८ वर्षीया बुहारी अनिता रानाको हत्या गरेको प्रहरीले जनाएको छ ।</p><p>सामान्य विवादमा भण्डारीले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रानाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।&nbsp;&nbsp;</p>