Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कांग्रेस सांसद मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी

By साझासवाल 3 मिनेट पढाइ

माघ ६, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।

आज संघीय संसद भवन परिसरमा पुगेर उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्।

उनको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको छ।

यादव धनुषाकी हुन्। उनी समानुपातिकतर्फबाट कांग्रेस सांसद बनेकी थिइन्। कांग्रेसको १४ औं महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।

यादव २०७४ सालमा मधेस प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेकी थिइन्। उनी दोस्रो संविधान सभामा पनि सभासद थिइन्। राजनीतिमा आउनुभन्दा पहिले उनी शिक्षक थिइन्।

कांग्रेसले सभामुखमा पनि यसअघि उम्मेदवारी दिएको थियो। बिहीबार भएको सभामुख निर्वाचनमा एमाले सांसद देवराज घिमिरे निर्वाचित हुँदा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने पराजित भइन्।

साथै सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिएकी छन्। शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्नेछ।