पढ्न करिब 2 मिनेट लाग्छ

माघ ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाको १२औं नगरसभा अधिवेशन राष्ट्रिय सभा गृहमा जारी हुँदै गर्दा एउटा रोचक दृश्य देखियो । विधेयकमा छलफल गर्न नाम टिपाएर नगरसभा सदस्यहरुले बोलिरहने बेला एक जनप्रतिनिधिले बिहेको कार्ड बाँड्न थाले । बैठक चहिरकै बेला तलबाट माथिसम्म सबैलाई बिहेको कार्ड बाँड्दै हिँड्दा महानगरका मेयर बालेन (बालेन्द्र) साहसहित अन्य जनप्रतिनिधिले खासै वास्ता गरेका थिएनन् ।

जब ३२ नम्बर वडा सदस्य हिरादेवी पोखरेलको पालो आयो, उनले रोक्न भनिन् । ‘यहाँ महत्वपूर्ण विषयमा छलफल भइरहेको छ, बिहेको कार्ड बाँडिरहेको देख्छु,’ उनले भनिन्, ‘अहिले बिहेको कार्ड नबाँडौं, ब्रेकमा बाँडौं ।’ पोखरलले भनेपछि बिहेको कार्ड बाँड्न रोकियो ।

बागमती प्रदेश सरकारको गाउँ/नगरसभा सञ्चालन सम्बन्धी ऐन को धारा १२ को उपधारा १ को खण्ड (झ) मा लेखिएको छ, ‘बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक समाचारपत्र वा अन्य कागजपत्रहरू पढ्नु नहुने’ उल्लेख छ ।

पोखरेलले नगरसभा उपत्यका विकास प्राधिकरणले महानगरलाई सहयोग नगरेको भन्दै खारेजीको माग समेत गरिन् । मेयर बालेनलाई चौतर्फी घेराबन्दी सुरु भएपनि वडाका जनप्रतिनिधि साथमा भएको बताएकी थिइन् । उनले वडासदस्यहरुलाई महानगरले दिने मासिक ११ हजार रुपैयाँलाई तलब भनेर बैंक खातामा हालेको भन्दै आपत्ति जनाएकी छिन् । उनले जनप्रतिनिधि सुविधा शिर्षकमा हाल्नु पर्ने बताइन् ।