११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको नगरसभा चलिरहेकै समयमा एक जनप्रतिनिधिले बिहेको कार्ड बाँडिएपछि…

६ माघ २०७९, शुक्रबार ११:०९

माघ ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाको १२औं नगरसभा अधिवेशन राष्ट्रिय सभा गृहमा जारी हुँदै गर्दा एउटा रोचक दृश्य देखियो । विधेयकमा छलफल गर्न नाम टिपाएर नगरसभा सदस्यहरुले बोलिरहने बेला एक जनप्रतिनिधिले बिहेको कार्ड बाँड्न थाले । बैठक चहिरकै बेला तलबाट माथिसम्म सबैलाई बिहेको कार्ड बाँड्दै हिँड्दा महानगरका मेयर बालेन (बालेन्द्र) साहसहित अन्य जनप्रतिनिधिले खासै वास्ता गरेका थिएनन् ।


जब ३२ नम्बर वडा सदस्य हिरादेवी पोखरेलको पालो आयो, उनले रोक्न भनिन् । ‘यहाँ महत्वपूर्ण विषयमा छलफल भइरहेको छ, बिहेको कार्ड बाँडिरहेको देख्छु,’ उनले भनिन्, ‘अहिले बिहेको कार्ड नबाँडौं, ब्रेकमा बाँडौं ।’ पोखरलले भनेपछि बिहेको कार्ड बाँड्न रोकियो ।

बागमती प्रदेश सरकारको गाउँ/नगरसभा सञ्चालन सम्बन्धी ऐन को धारा १२ को उपधारा १ को खण्ड (झ) मा लेखिएको छ, ‘बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक समाचारपत्र वा अन्य कागजपत्रहरू पढ्नु नहुने’ उल्लेख छ ।

पोखरेलले नगरसभा उपत्यका विकास प्राधिकरणले महानगरलाई सहयोग नगरेको भन्दै खारेजीको माग समेत गरिन् । मेयर बालेनलाई चौतर्फी घेराबन्दी सुरु भएपनि वडाका जनप्रतिनिधि साथमा भएको बताएकी थिइन् । उनले वडासदस्यहरुलाई महानगरले दिने मासिक ११ हजार रुपैयाँलाई तलब भनेर बैंक खातामा हालेको भन्दै आपत्ति जनाएकी छिन् । उनले जनप्रतिनिधि सुविधा शिर्षकमा हाल्नु पर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह