९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

१७ माघ २०७९, मंगलवार ०९:१२

माघ १७, काठमाडौँ | बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र)का युवा नेता देवीप्रसाद ढकाल नियुक्त हुनु भएको छ ।


भक्तपुर निवासी ढकाललाई आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद र नेपाल’ पुस्तक प्रकाशित छ । यसअघि उहाँका विभिन्न छ वटा पुस्तक समेत प्रकाशित भइसकेका छन् । मुलुकको अर्थतन्त्र तथा सामाजिक न्यायका विषयमा चासो राख्ने र सोही विषयमा कलम चलाउने ढकाल माओवादीभित्र बौद्धिक नेताको परिचय बनाउनुभएको छ ।  

यसअघि तत्कालीन अर्थमन्त्री बर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रुपमा समेत काम गर्नुभएको थियो ।

बागमती प्रदेश सरकारले प्रदान गरेको जिम्मेवारीलाई आफूले इमान्दार भएर निर्वाह गर्ने नेता ढकालले बताउनुभयो । उहाँले आफूलाई यस अवसर प्रदान गरेकामा मुख्यमन्त्री जमकट्टेल र बागमती प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो