Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रास्वपा दर्ता खारेजीको निर्णय कानुनअनुसार हुन्छ, कसैले उजुरी दिएर हुँदैन: प्रमुख निर्वाचन आयुक्त

By साझासवाल 4 मिनेट पढाइ

माघ २०, काठमाडौँ | प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने बताएका छन् ।

रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सोही सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दल दर्ता खारेजीको विषय छ, त्यसलाई कानुन बमोजिम टुंग्याउनुपर्दछ ।’

राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत थपलियाले बताए । उनले भने, ‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’
त्यस्तो परिकल्पना नगरिनुमा दलीय प्रतिस्पर्धामा आउने दल देश र जनताप्रति प्रतिबद्ध छन् र उनीहरुले बुझाउनुपर्ने कागजात पनि तदनुरुप नै छन् भन्ने विश्वास गरिएको हुनसक्ने उनको भनाइ छ । तर पनि आयोगमा परेका निवेदनलाई कानुन अनुसार समयमै निरुपण गर्ने प्रतिबद्धता उनले जनाए । ‘आयोगमा परेका निवेदनलाई तदनुसार समयमै निरुपण गर्छौं,’ उनले भने ।
लामिछानलेसहितका व्यक्तिले मंसिर ४ गतेको निर्वाचन भन्दा केही अघि वैकल्पिक राजनीतिक दल बनाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएका थिए। लामिछाने चितवनबाट प्रतिनिधि सभाको उम्मेदबार हुँदै निर्वाचित पनि भएका थिए। तर संवैधानिक इजलासले उनले नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै नेपाली नागरिक नभएको ठहर गरेको थियो। योसँगै लामिछानेले उपप्रधानमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका थिए।