Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाढी पहिरोका कारण इण्डोनेसियामा सत्र जनाको मृत्यु, नौ वेपत्ता

By kit 3 मिनेट पढाइ

असोज ५, जाकर्ता । इण्डोनेसियाको पश्चिमी क्षेत्रमा बुधवार विहान आएको बाढी पहिरोका कारण सत्र जनाको मृत्यु भएको छ भने नौ जना अझै हराइरहेका छन् ।

इण्डोनेसियाली राष्ट्रिय विपद् व्यवस्थापन विभागले बाढीपहिरोमा परी ३२ जना घाइते भएको र सयौं विस्थापित भएको जनाएको छ ।

स्थानीय समय अनुसार विहान एक बजे पश्चिम इण्डोनेसियाको गरुत जिल्लामा पर्ने दुई नदीमा भिषण बाढी आएको उक्त विभागका प्रवक्ताले जानकारी दिनुभयो । उहाँले त्यहाँ १४ जनाको मृत्यु भएको, ३० जना घाइते भएको र आठ जना हराइरहेको बताउनु भयो ।

त्यसैगरी सुमेडाङ जिल्लामा मङ्गलबार राती दश बजेतिर आएको बाढी पहिरोले तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । हराइरहेकाहरूको खोजी गर्न र विस्थापितहरूलाई आपतकालिन सहयोग गर्न सुरक्षाकर्मी, प्रकोप निकायका अधिकारीलगायत लागिरहेका छन् ।

बाढीपहिरोबाट प्रभावितहरु मध्ये झण्डै एक सय जनालाई सरकारी भवन तथा सैनीक शिविरमा राखिएको अधिकारीहरूले जनाएका छन् । भारी बर्षा हुनासाथ इण्डोनेसियामा बाढी आउने र पहिरो जाने समस्याबाट इन्डोनेसियालीहरू पिडित हुन गर्छन् । रासस/सिन्ह्वा