Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 8, 2023 राजनीति

झलनाथको टिप्पणी- कुर्सीका लागि गठबन्धन भएको हो, पाँच वर्षभित्र अझै बन्छन् र भत्कन्छन्

By साझासवाल

फागुन २४, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आठ दलीय गठबन्धनको भविष्य नरहेको संकेत टिप्पणी गरेका छन्। बुधवार मोरङको उर्लाबारी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन कुर्सीका लागि मात्रै बनेको बताए।

उनले भने, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना मात्रै भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’

भनेपछि तपाईँकै दल पनि कुर्सीमै लिप्त त रहेछ नि भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो पार्टीको कुरा हामी आफै गर्छौँ। के गर्नुपर्छ के गर्नु पर्दैन त्यो हाम्रो आन्तरिक मामिला हो। हामी आफै निर्णय गर्छौँ। तर, गठबन्धनको श्रृङ्खला चाहिँ धेरै आउँछन्।’

उनले नेकपा (माले) र नेकपा (एमाले) ले आम जनता र राष्ट्रको आवाज बोलेकाले सशक्त पार्टी निर्माण भएको बताउँदै राष्ट्र र जनता बिर्सिदा पार्टीहरू कमजोर र विभाजन हुने गरेको बताए। एमाले, माओवादी, जसपा कोहीसँग पनि पार्टी एकीकरणको सम्भावना नरहेको प्रष्टाए।

उनले आफूलाई राष्ट्रपति बनाइदिन कसैलाई पनि नभएको दाबी गर्दै बनाएको भए राम्रोसँग काम गर्न सक्ने बताए ।