बुढीगण्डकी मुआब्जा: पछी जग्गा किन्ने माफियाहरुको ढाड सेकियो

साझासवाल
1 Min Read

पुस १९, काठमाडौँ | बुढीगण्डकी जलविद्यूत आयोजनाले अधिग्रहण गर्ने स्थानमा नाफा कमाउने उद्देश्यले घरजग्गा किनेकाहरुको ढाड सेक्नेगरि नयाँ मुआब्जा निर्धारण भएको छ ।

मुआब्जा निर्धारण समितिले मंगलबार गरेको निर्णय अनुसार बुढीगण्डकी जलविद्युत विकास समिति गठन भएपछी किनिएको जग्गालाई तोकिएभन्दा ३० प्रतिशत कम मुआब्जा पाउने गरि मूल्य निर्धारण गरेको हो ।

आयोजनले अधिकरण गर्ने जग्गा भएको ठाउँबाट पूर्ण बिस्थापित हुनेहरुलाई भन्दा अयोजना बन्ने क्रम सुरु भएपछि नाफा कमाउने उद्देश्यले खरिद बिक्री गरेकालाई ३० प्रतिशत कम मुआब्जा दिईने निर्णय भएको मुआब्जा निर्धारण समितिले जनाएको छ ।

आयोजना बन्ने काम सुरु भएपछि गोरखा र धादीङ जिल्लाको २७ गाविस भित्र अधिग्रहण हुने जग्गा पहिले नै रोक्का रहेको गरेको थियो । पछिल्लो चार वर्ष यता डुबानमा पर्ने गाविसबाट सोही गाविस भित्र किनबेच भएको भन्दा फरक ठाउँकाले खरिद गरेको जग्गाको मुल्य निर्धारित मूल्यमा ३० प्रतिशत घटाएर मुआब्जा दिईने सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । सोही गाविस भित्र किनबेच भएको, परिवारकहाँ नामसारी भएकाहरुले भने नघटाई मुआब्जा पाउने भएका छन् ।

आयोजना क्षेत्र भित्र पाँच रोपनीसम्म जग्गा भएकाहरुको हकमा निर्धा्रित मूल्यबाट १५ प्रतिशत र १० रोपनी सम्म भएकाहरुलाई १० प्रतिशतले बढाएर मुआब्जा दिने उल्लेख छ ।

Share This Article
Leave a Comment

Leave a Reply