साउन ३१, काठमाडौं ।  हिमालय एअरलाइन्सले काठमाडौंबाट साउदी अरबको दमाममा आउँदो भदौ १६ गतेबाट सिधा उडान गर्ने भएको छ ।

दसैँ तिहारको विशेष उपहार भन्दै हिमालय एअरलाइन्सले नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक साउदीमा उडान भर्न लागेको जनाएको छ ।

दैनिक सिधा उडानले साउदीमा बस्ने नेपालीहरुको लागि आउँदै गरेको दशैं तथा दिपावलीमा घर आउन आउन सहज कम्पनीले जनाएको छ । यसबाट दमाम र काठमाडौं यात्रा गर्ने हजारौ नेपालीहरुको समय र पैसा दुवैको वचत हुनेछ ।

दैनिक उडान संचालन गर्ने हिमालय एअरलाइन्सको विमान उडान नम्बर एच ९५५९ (H9559) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट साढे १० बजे उडेर किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिनको १२ बजेर ५० मिनेट जाँदा अवतरण गर्ने छ ।

त्यसैगरी उडान नम्बर एच ९५६० (H9560) किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थल दमामबाट १ बजेर ५० मिनेट जाँदा प्रस्थान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजेर १५ मिनेट जाँदा अवतरण हुनेछ ।

एअरलाइन्सले काठमाडौं-दमाम-काठमाडौंको लागि शुरुवाती टिकटदर करबाहेक २३ हजार ८ सय रुपैयाँ एकतर्फी र ३८ हजार रुपैयाँ दुईतर्फी तोकेको छ । त्यसैगरी दमाम-काठमाडौं-दमामको शुरुवाती टिकटदर एकतर्फी करबाहेक ८ सय ५० रियाल र दुईतर्फी १३ सय ६० रियाल तोकेको छ । साथै दुवै मार्गमा बिजनेस क्लासको लागि ४० किलो र इकोनोमी क्लासको लागि ३० किलो ब्यागेज ल्याउन निःशुल्क गरेको एअरलाइन्सले जनाएको छ ।

हिमालय एअरलाईन्सलअसफार ट्राभल एउण्ड टुरिजमलाई साउदी अरबको लागि आधिकारिक विक्रेता तोकेको छ । उक्त ट्राभल एजेन्सीले हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्दै बजार विस्तार, रिजर्भेसन र टिकट सेवा लगायत सम्पूर्ण कार्य गर्नेछ ।

August 15, 2017
अर्थ/विकास, काठमाडौँ - KTM
हिमालय एयरलाइन्सको काठमाडौं-साउदी सिधा उडान
By kit
4 मिनेट पढाइ