भदौ २०, काठमाडौँ | सोमबार काठमाडौंको क्षेत्रपाटीबाट हालसम्मकै ठुलो परिणाममा बरामद भएको ८८ किलो सुनका मालिकको खुलाशा भएको छ । ८८ किलो सुनका मालिक नेपाली नभई चिनियाँ नागरिक पान विइ मिङ भएको खुलेको हो ।

८८ किलो सुन राखेर हिडेका गाडी चालक मनोज अधिकारीको वयान अनुसार प्रहरीले सुनको मालिक मिङ रहेको पत्ता लगाएको हो । 'चालक बयानलाई आधार मान्ने हो भने सुनको मालिक नेपाली नभई चिनिया नागरिक हुन् भन्ने स्पष्ट छ तर हाम्रो अनुसन्धान अझै जारी हुन्छ' प्रहरीले जनाएको छ । प्रहरीले प्रमाणित भएपछी सुन तस्करलाई सार्वजनिक गरिने बताएको छ ।

बयानका आधारमा सुन तस्कर मिङ क्षेत्रपाटीका होटल संचालक हुन् । होटल संचालनको नाममा उनले ४ बर्षदेखी यस्तो धन्दा चलाएको बुझिएको छ भने उनलाई पत्नी याङ वेनले पनि सघाउँदै आएकि छन् । उनीहरु अहिले चीनमै रहेका छन् । प्रहरी स्रोतले जनाए अनुसार ति दम्पतिले चीनबाट सुन ल्याएर धेरै मात्रामा भारत पठाउँने गरेको खुलेको छ ।

महाशाखाबाट खटिएको टोलीले सोमबार ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीमा पक्राउ गरेको थियो । हाल सम्मकै ठुलो परिणाममा सुन चालक बस्ने पछिल्लो सिट पछिको गाडीको अधिकांश भागमा लुकाइएको भेटिएको थियो ।

यी हुन् ८८ किलो सुनका मालिक
समाचार सुन्नुहोस्
यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।
समाचार पढिँदैछ…
तपाईंको browser मा समाचार पढ्ने सुविधा उपलब्ध छैन।