मंसिर ६, काठमाडौं । सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ ।

यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो । ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला-जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए ।

लाइसेन्सको ट्रायल र लाइसेन्स वितरण अर्को सूचना नआएसम्मका लागि बन्द गरेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ ।

अहिले काठमाडौंका सबै लाइसेन्स कार्यालयमा नयाँ लाइसेन्स र वर्ग थपको काम रोकिएकोहो । लाइसेन्सको नवीकरण भने रोकिएको छैन । कार्यालयहरुले चुनाव सकिएलगत्तै फेरि सेवा सुचारु गर्ने बताएका छन् ।

November 22, 2017
अर्थ/विकास, काठमाडौँ - KTM
नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
By kit
2 मिनेट पढाइ