पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५३ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १२ पैसा र विक्रिदर २८ रुपैयाँ २८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ३६ पैसा र विक्रिदर २६ रुपैयाँ ५१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र विक्रिदर ९ रुपैयाँ ६४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ३१ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ३१ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७३ रुपैयाँ ९४ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।