फागुन १८, काठमाडौँ | रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–“यसअघि गरेको सम्झौता अनुसार बालगोपालेश्वर मन्दिर विभाग र पोखरीको अन्य स्थान कामपाले निर्माण गर्ने भने पनि पछिल्लो समय सबै डिजाइन विभागले नै पठाउने निर्णय अनुसार, डिजाइन नहँुदा काम अघि बढ्न नसकेको हो ।”

उता पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले मन्दिर पहिलेकै डिजाइनअनुसार काम हुन्छ, अन्य पर्खाल र पोखरीको डिजाइनबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण क्षति पुगेको रानीपोखरी पुनःनिर्माणको सम्बन्धमा लामो समय आन्तरिक विवाद भएपछि गत पुस १३ गते पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह गठन गरिएको थियो ।

उक्त समूहले गत माघ ७ गते प्रतिवेदन बुझाइसकेको छ । गत पुस ९ गतेदेखि काम अवरुद्ध भएको छ । विज्ञ समूहले भने बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुँगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ ।

उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । त्यसैले पुरानै शैलीमा मन्दिरको निर्माण गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । रासस

March 2, 2018
अर्थ/विकास, काठमाडौँ - KTM
डिजाइन नपाएपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढेन
By kit
3 मिनेट पढाइ