जेठ ६, काठमाडौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा तोकेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४७ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ २१ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ १९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ५० पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ०९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सुचिसहित:-

May 20, 2018
अर्थ/विकास, काठमाडौँ - KTM
आज विदेशी मुद्राको मूल्य बढ्यो, कुन देशको कति ? (सुचिसहित)
By kit
2 मिनेट पढाइ