Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मंसिरबाट सर्टिफिकेट धितोमा राखेर ऋण, यसरी पाइन्छ ऋण

By साझासवाल

साउन १५, काठमाडौँ | सरकारले शैक्षिक बेरोजगारहरुका लागि यसै आर्थिक वर्षबाट शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा ऋण दिने भएको छ । यसका लागि अर्थ मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गर्दैछ ।

यस बर्षको बजेटमै अधिकतम् ७ लाखसम्म ऋण दिने भनिएकाले यही सीमाभित्र रहेर शैक्षिक योग्यताअनुसार ऋणको प्रबन्ध गरिनेछ । त्यस्तै बजेटमा सर्टिफिकेट धितो राखेर ऋण लिनेले ५ प्रतिशत ब्याजदरमा ऋण लिन पाउने घोषणा गरेको छ ।

सर्टिफिकेट धितोमा राखेर ऋण लिनको लागि प्रक्रियाको लागि कार्यविधि बन्दैछ । ऋण लिनका लागि शैक्षिक प्रमाणपत्रका साथै ऋणीको नागरिकता लगायत पनि धितोस्वरुप राख्नुपर्नेछ । धितो राखेपछि मात्रै ऋण पाइनेछ । ऋण लिने युवाले आफुले गर्न लागेको स्वरोजगारको व्यवसायको योजना पेश गर्नुपर्नेछ । व्यवसाय गर्ने आवेदन मध्ये उपयुक्त व्यवसायिक योजनालाई छानेर बैंकले ऋण दिनेछ । ऋण लिएका युवाहरुले अनिवार्य रुपमा उद्योग-व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । साथै लगानी सुरक्षाका लागि बिमा कम्पनीमार्फत व्यवसायको बिमा पनि अनिवार्य रुपमा गराउनु पर्छ ।

ऋण दिने कार्यविधि अनुसार ऋण दिने र लिने दुवैलाई सुरक्षित गराउने योजना छ, जस अनुसार ऋण लिने तथा दिने दुवै सुरक्षित हुनेछन ।

राज्यले यसरी दिने ऋण कसैले नतिरेमा राज्यले दिने विभिन्न सुविधा खोस्नेछ । जसमा पासपोर्ट बनाउन नपाउनेदेखि भोटिङ अधिकार समेत नदिनेसम्मको कारवाही हुनसक्छ ।