Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सिटिजन बैंकको एफपिओ बाँडफाँट, ६ जनालार्इ ११ कित्ता, अरु सबैलार्इ १० कित्ता

By साझासवाल

<p>साउन २५,काठमाडौं। सिटिजन बैंकले निष्काशन गरेको एफपिओ शुक्ररवार बाँडफाँट भएको छ। गोला प्रथाबाट गरिएको बाँडफाटमा ४६ हजार ३७६ जनाले&nbsp; १० कित्ता दरले शेयर पाएका छन् भने&nbsp; ६ जनालाई ११ कित्ताका दरले शेयर परेको छ।माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको बिक्रि प्रबन्धक ग्लोबल आएमइ क्यापिटलले जनाएको छ।<br></p><p>&nbsp;एफपिओमा ६२ हजार ७८२ आवेदकबाट ६१ लाख पाँच हजार ६३० कित्ता शेयरका लागि आवेदन परेको थियो । त्यसमध्ये ७३ आवेदन रद्ध भए।बैंकले प्रिमियम सहित प्रतिशेयर २०० रुपैयाँमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको थियो। जसमा माग भन्दा १३.१६ गुणा बढी आवेदन परेको थियो । बैंकले संस्थापक साधारण शेयर अनुपात ५१:४९ कायम गर्न एफपिओ निष्काशन गरेको हो।&nbsp;</p><p>&nbsp;</p>