असोज १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३७ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ २६ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ २४ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैयाँ ७२ पैसा र बिक्रिदर ३ सय ९ रुपैयाँ ३२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

आजको बिदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? सुचिसहित