पुस ५, काठमाडौं । खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई घाटा नलाग्ने बताएकी छन् ।

बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन् ।

‘नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको २ अर्ब ५४ करोड रुपैयाँ रोक्का गरिसकेका छौं, सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’ उनले भनिन् ‘१५ करोडको विल फर्छयोट बाँकी छ र ३५ करोड दिन बाँकी छ ।’

तीब्र गतिमा काम भइरहेका बेला ठेकदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिँड्दा सरकार चकित परेको मन्त्री मगरले बताइन् । अहिले पनि ठेकदारसँग वार्ता भइरहेको र सरकारको नियमअनुसार सहमति गर्ने उनले बताइन् ।

इटालीयन ठेकदारले काम छाडे पनि नेपाललाई घाटा लाग्दैन: मन्त्री मगर