२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको दोस्रो दिन शेयर बजारमा सुधार

२०७५, २३ पुष सोमबार १०:०७

पुस २३, काठमाडौँ | दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्दुले बढेर २४९ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको नौ लाख १४ हजार २३९ कित्ता शेयर रु ३० करोड १९ लाख ८७ हजार ६१६ मा खरीद बिक्री भए । कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन १२ दशमलव ७६ तथा अन्य शून्य दशमलव शून्य चार बिन्दुले घटेको छ । 

यस्तै बैंकिङ ४ दशमलव ६४, होटल १७ दशमलव ६५, विकास बैंक ७ दशमलव ६४, जलविद्युत् ५ दशमलव ३७, वित्त १ दशमलव २, निर्जीवन बीमा ८२ दशमलव ८८, लघुवित्त ११ दशमलव ५३ र जीवन बीमा ९२ दशमलव ६९ बिन्दुले बढेको छ । हाथवे फाइनान्स कम्पनी, सिर्नजी पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस्तै किसान माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, हिमालयन बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सिन्धु विकास बैंक र पोखरा फाइनान्स लिमिटेडका शेयरधनीले आज गुमाएका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु