माघ २, काठमाण्डौ – बुधबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो मंगलबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा रहेको थियो ।

आज बुधबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ । मंगलबार खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकिएको छ । हिजो मंगलबार १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा थियो ।

यस्तै युएई दिर्हामको भाउ बुधबार एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा तोकिएको छ । बुधबार मंगलबार जस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

त्यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६३ पैसा रहेको थियो । आज बुधबार भाउ बढेर कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७६ रुपैयाँ १८ पैसा भएको छ ।

यस्तै बहराइन दिनारको एकको खरिददर ३०० रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा तोकिएको छ । हिजो मंगलबार बहराइन दिनारको भाउ खरिददर ३०० रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३०१ रुपैयाँ ८५ पैसा तोकिएको थियो ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा तोकिएको छ । मंगलबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा थियो ।

January 16, 2019
अर्थ/विकास, काठमाडौँ - KTM
साउदी, कतार, युएई लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)
By kit
4 मिनेट पढाइ