माघ ७, काठमाण्डौ | सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको घटबढ भएको छैन । तर कोरियन वन र दिनारको मूल्य भने केही पैसाले घटेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकेको छ । सोमबार अमेरिकी डलरको भाउ घटबढ भएको छैन ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३९ पैसा छ । हिजो खरिददर ३७४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५७ पैसा थियो ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ८७ पैसा तोकिएको छ । सोमबार खरिददर ३०१ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा रहेको थियो ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ । हिजो सोमबार खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको थियो ।

January 21, 2019
अर्थ/विकास, काठमाडौँ - KTM
साउदी, कतार, मलेसिया, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित
By kit
3 मिनेट पढाइ