चैत २२, काठमाण्डौ । यो सातभरी घटबढ भइरहेको अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ साताको अन्तिम दिन आज शुक्रबार केही बढेको छ ।

आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो डलरको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ । हिजो बिहीबार खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१ पैसा थियो ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो बिहीबार दिनार १ को खरिददर ३५८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६० रुपैयाँ ५८ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा छ । हिजो दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा थियो ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको थियो ।

मलेसियन रिंगिटसहित अन्य देशको पैसाको मुल्य बढ्यो (सुचिसहित)