बैशाख ९, काठमाण्डौ – सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनार लगायत सबै विदेशी मुद्राको भाउ बढेको छैन । आइतबारकै मूल्यमा साट्न सकिन्छ ।

आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७८ पैसा र बिक्रीदर २६ रुपैयाँ ९३ पैसा छ । यस्तै सोमबार कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९५ रुपैयाँ १२ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ ।

April 22, 2019
अर्थ/विकास, काठमाडौँ - KTM
आजको लागि विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (हेर्नुहोस् दररेट सहित)
By kit
3 मिनेट पढाइ