बैशाख ११, काठमाण्डौ । मलेसियन रिंगिट बाहेक बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।

आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७९ पैसा छ । सोमबार खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा थियो ।

बुधबार मलेसियन रिंगिटको भाउ भने केही पैसा बढेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९२ पैसा र बिक्रीदर २७ रुपैयाँ ०६ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा थियो ।

यस्तै बुधबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २५ पैसा तोकिएको छ । हिजो मंगलबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४६ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९६ रुपैयाँ २५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४२ पैसा थियो ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको थियो ।

April 24, 2019
अर्थ/विकास, काठमाडौँ - KTM
मलेसियन रिंगिट बाहेक सबै देशको मुद्राको विनिमयदर बढ्यो (सुचिसहित)
By kit
4 मिनेट पढाइ