Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

साना मिडियाले न्युनतम पारिश्रमिक लागू नगर्दा पनि सुविधा पाइने

By साझासवाल

साउन ९, काठमाडौं । पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने अडानबाट सरकार पछि हटेको छ। यस अघि न्युनतम पारिश्रमिक अनुसार तलब दिएको प्रमाण पेश गरेपछि मात्रै सूचना विभागमा दर्ता नविकरण तथा पत्रकार परिचय पत्र दिने व्यवस्था गरिएको थियो ।

तर अबदेखि पाँच जनासम्म मात्रै पत्रकार वा कर्मचारीले काम गर्ने साना मिडियाहरुले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्नु नपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोँकुल बास्कोटाले पाँच जनासम्म पत्रकार, कर्मचारी र कामदार मात्रै कार्यरत सञ्चार माध्यमहरुले तत्काल न्युनतम पारिश्रमिक कार्यान्वयन नगरेपनि हुने व्यवस्था गरेका छन् । अब साना सञ्चार माध्यमहरुले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि दर्ता नविकरण र परिचय पत्र प्रदान गरिने सूचना तथा प्रशारण विभागले जनाएको छ ।