Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

श्रम बैंक स्थापना गर्ने सरकारको तयारी, युवालाई नेपाल भित्रै रोजगारीको अवसर

By साझासवाल

पुस २३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रम बैंक स्थापना गर्ने घोषणा गरेका छन् । श्रममन्त्री बनेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर आफ्नो ३ महिने कार्ययोजना सार्वजनिक गर्दै उनले श्रम बैंक स्थापना गर्ने घोषणा गरेका हुन् ।

श्रममन्त्रीले आफ्नो ३ महिने कार्ययोजनामा श्रम बैंक स्थापना गर्ने तयारी गरेपनि यस अघी स्थानीय तहले बैंकको अवधरणामा काम गरिसकेका छन् । गतवर्ष फागुनमा कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगार दिलाउनको लागि भन्दै श्रम रोजगार बैंकको स्थापना गरेको थियो । नगरपालिकाले २ सय ६० जनालाई पहिलो पटक औपचारिक रूपमा श्रममा लगाएको थियो । श्रम रोजगार बैंकका लागि आव ०७५।०७६ का लागि २ करोड ५० लाख रकम छुट्याएको थियो । रास्कोट नगरपालिका भित्र पूर्वाधार विकास निर्माणका लागि उक्त रकममा श्रम रोजगार बैंकमा आवद्ध भएका युवाहरूले रोजगारी पाएका थिए ।

श्रम बैंकबाट के काम हुन्छ ?

देशका ७ सय ७३ वटै स्थानीय तहका बेरोजगार युवाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई रोजगारदातासम्म जोड्ने पुलको विकासका लागि श्रम बैंक स्थापना गर्ने तयारी गरिएको मन्त्री यावदले बताए । ‘हामी युवाहरुको इच्छाअनुसार उनीहरुलाई सीप तथा तालिममा सहभागी गराई दक्ष बनाउछौं। श्रमिकहरुको दक्षताका आधारमा उनीहरुको सम्पूर्ण तथ्यांक श्रम बैंकमा रहन्छ र आवश्यकताअनुसार श्रमिकहरु छनोट गरी रोजगारदाताहरुले लिन सक्ने छन्‚’ मन्त्री यादवले भने।

देशभरीका सबै श्रमिकलाई एकै ठाउँमा जोड्नका लागि श्रमिक बैंकको स्थापना गरिन लागेको मन्त्री यादवले बताए । आउँदो तीन महिनाभित्र अध्ययन सक्ने र श्रमिक बैंकको स्थापना गरेर देशभरीका श्रमिकलाई बैंकमा जोडेर रोजगारी प्रदान गर्ने योजना रहेको मन्त्री यादवले बताए ।

बैंकमार्फत श्रमिकलाई सीप प्रदान गर्न सातै प्रदेशमा सीप विकास तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरिएको उनले बताएका छन् । बैंकमा जोडिएका श्रमिकले आफूले चाहेको आफ्नो इच्छा र चाहना अनुसारको रोजगारी छनोट गर्न पाउँछन् ।

बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गरी आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न श्रम बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री यादवको भनाइ छ। सरकारले अदक्ष श्रमिकलाई विदेश पठाउन रोक्ने तयारी गरेको बताउंदै उनले त्यस्ता श्रमिकलाई सिप सिकाएर वैदेशिक रोजगारीमा जान सक्ने बनाउन समेत बैंकको आवश्यकता रहेको बताएका छन् ।