<p><b>फागुन १, काठमाडौं | </b> निजी वायुसेवा कम्पनी सिम्रिक एयर प्रालिले महाशिवरात्री अफर ल्याएको छ | सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौंबाट गोसाइकुण्ड दर्शन गर्न सकिने भएको छ | <br></p><p>कम्पनीका अनुसार ६ फागुनदेखि सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइकुण्ड यात्रा गर्न सकिने छ | प्रतिव्यक्ति २० हजार रुपैयाँमा गोसाइकुण्डसम्म हेलिसेवा शुरु गरिएको छ |</p><p>महाशिवरात्रीको अवसरमा गोसाइकुण्डमा मेला लाग्ने गर्छ | उक्त मेलामा सहभागीका लागि ट्राभल एजेन्सी वा सिमि्रए एयर हेलिकोप्टरमा बुक गर्न सक्ने कम्पनीले जनाएको छ |</p>
सिम्रिकको महाशिवरात्री अफर, २० हजारमा गोसाइँकुण्ड
