चैत २, काठमाडौं | नजी लगानी द्वारा संचालित वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरवको उडान स्थगित गरेको छ | विश्व्यापीरुपमा कोरोनाभाइरस(कोभिड-१९)को महामारी फैलिएसंगै एयरलाइन्सले साउदी अरवको उडान स्थगित गरेको हो |

साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा प्रतिबन्ध लगाएको छ | त्यस्तै नेपालबाट हिमालय एयरलाइन्सले मात्रै उडान गरिरहेको भएपनि दुई साताका लागि सबै उडान स्थगित गरेको छ |

टिकट लिइसकेका यात्रुले भने एक पटकका लागि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने भएका छन | त्यस्तै कतारको दोहाबाट समेत हिमालयले उडान रद्द गरेको छ | भने चीनका पाँचवटै गन्तब्यको उडान समेत स्थगित गरेको छ |

पछिल्लो समय नेपाली कामदारहरु रहेका खाडी मुलुकहरुमा कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ |

March 15, 2020
अर्थ/विकास, काठमाडौँ - KTM
हिमालय एयरलाइन्सले गर्यो साउदीको उडान स्थगित
By kit
2 मिनेट पढाइ