२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाग्मती किनारको जग्गा तरकारी र मकै खेतीका नाममा कब्जा

२०७७, ११ असार बिहीबार ०५:०५

पूर्णप्रसाद मिश्र असार ११, काठमाडौँ । राजधानीको सभ्यताको स्रोत वाग्मती नदी किनारमा स्थानीयवासीले तरकारी, मकैलगायत अन्नबाली लगाएर सार्वजनिक जग्गा अतिक्रमण गर्दा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वाग्मती सफाइ महाअभियानको बुधबार बेलुकी भएको भर्चुअल बैठकमा अभियानकर्मी नरेन्द्र श्रेष्ठले नदी किनारको शङ्खमूल क्षेत्रमा नदी किनारको दायाँबायाँ तरकारी, मकैलगायत अन्नबाली लगाएर कब्जा गर्दा पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ध्यान नगएको बताउनुभयो ।

शङ्खमूल क्षेत्रको नदी किनारमा पनि थापाथलीमा जस्तै सुकुम्वासीका नाममा कब्जा गर्ने उद्देश्यले अन्नबाली लगाइएको उहाँले बताउनुभयो । 

अभियानकर्मी चक्रबहादुर चन्दले कोटेश्वर महादेवस्थान नजिकैको नदी किनारको जग्गामा स्थायी संरचना निर्माण भइरहे पनि रोक्न पहल नभएको बताउनुभयो । वाग्मती किनारको अधिकांश खाली जग्गामा तरकारी, मकैलगायत अन्नबाली लगाउँदासमेत अधिकार सम्पन्न वाग्मतीको ध्यान जान नसक्नु दुःखद् भएको उहाँको भनाई थियो । 

प्रदेशसभा सदस्यको बजेट पनि नदीकै जग्गामा शङ्खमूलबाट कोटेश्वर जाने नदी किनारको जग्गामा वाग्मती प्रदेशसभा सदस्य गणेश दुलालले समेत मापदण्ड विपरीत प्रदेशसभा सदस्यको पूर्वाधार विकास कार्यक्रमको बजेटबाट स्थायी संरचना निर्माण गर्नुभएकामा अभियानकर्मीले आपत्ति जनाउनुभयो । संयुक्त राष्ट्र सङ्घ उद्यान (यूएन पार्क) बाट आलोकनगरसम्मको नदी किनारका अधिकांश स्थानमा तरकारी लगाएर कब्जा गरिएको छ । 

अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्यसमेत रहनुभएका अभियानकर्मी राम साहले कोटेश्वर क्षेत्रको नदी किनारको जग्गा अतिक्रमण गरी बनाइएको भवनका विषयमा कार्यालयमा जानकारी गराए पनि रोक्न पहल नभएको गुनासो बैठकमा गर्नुभयो । समितिमा २०० कर्मचारी हाजिर हुने गरेपनि काम नगर्ने गरेको विषय आफूले बैठकमा उठाए पनि कार्यान्वयन नभएकाले राजीनामा दिने सोचमा पुगेको समेत उहाँले बताउनुभयो । 

अभियानकर्मी गोकुल थापाले अधिकार सम्पन्न वाग्मतीमा बेथिति भएकैले नदीको हालत प्रदूषित भएको बताउनुभयो । प्रदेशसभा सदस्य जस्तो पदमा रहनेले भत्काउनुपर्ने भवन बनाएर जनताको करको दुरुपयोग भइरहेको उहाँको टिप्पणी थियो । अभियानकर्मी गोविन्द काफ्लेले नदी किनारको जग्गाका विषयमा अधिकार सम्पन्न वाग्मती र स्थानीय सरकारबीच द्वन्द्व रहेकाले पनि समस्या आउने गरेको बताउनुभयो । 

अधिकार सम्पन्न वाग्मतीको कार्यालय नजिकैको नदी किनारमा दुई नगरपालिकाले वर्गीकरणका नाममा फोहर थुपार्ने गर्दा नदीमा फोहर मिसिने गरेको, वाग्मती सौन्दर्यकरणको काम भइरहेको स्थानमा समेत तकारी खेती रोक्न अधिकार सम्पन्न वाग्मती समिति असफल भएकामा अभियानकर्मीले आपत्ति जनाएका छन् ।

बैठकको संयोजन गर्नुभएका अभियानकर्मी राजकुमार भट्टराईले भत्काउनुपर्ने संरचना बनाउन खर्च हुने गरेको प्रदेशसभा सदस्य, सांसदलगायत कोषको बजेट फोहर व्यवस्थापन गर्न लगाउनुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो । दिगो फोहर व्यवस्थापनका लागि यी बजेटको सदुपयोग हुन सक्नुपर्नेमा अभियानकर्मीले बैठकमा जोड दिएको उहाँले बताउनुभयो । 

बैठकमा अभियानकर्मी डा लक्ष्मी पौडेलले किनारको खाली जग्गामा भवन बनाउन रोक लगाइनुपर्नेमा जोड दिनुभयो । अभियानकर्मी माला खरेल, आशा पाण्डे, प्रिया लामिछाने, कञ्चन रावतलगायतले कुहिने र नकुहिने फोहर वर्गीकरण गरी कुहिने फोहरलाई कौशी खेती गरी उपयोगमा ल्याउने प्रविधिको विस्तार गरिनुपर्ने बताउनुभयो । 

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाभियानले हप्तामा एकपटक अभियानकर्मीका बीच बैठक गरी समीक्षा गर्दै आएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा भने सफाइ अभियान र बैठकसमेत प्रभावित भएको थियो । गत हप्तादेखि भने बैठकलाई निरन्तरता दिइएको छ । सफाइ अभियानलाई भने नदी किनारमा निवास भएका अभियानकर्मीले निरन्तरता दिँदै आएका छन् । अन्य अभियानकर्मीले आ–आफ्नो टोल सफाइको नेतृत्व गर्दै आएको जानकारी पनि बैठकमा दिइएको थियो । वाग्मती सफाइ महाअभियानले ३७१ हप्ता पार गरिसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै