Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा तेस्रो सर्किट, नेप्से सूचक ८४.२६ अंकले बढ्यो, आजका लागि बजार बन्द

२०७७, ४ श्रावण आईतवार ०८:१५

साउन ४, काठमाडौं । सेयर कारोबार आइतबारका लागि बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो सकारात्मक सर्किट ब्रेकर लागेर आजका लागि कारोबार बन्द भएको हो ।

दोस्रो सर्किट लागेर खुलेको १ मिनेटभित्रै फेरि ६ प्रतिशतले बजार बढेपछि दिनभरका लागि कारोबार रोकिएको हो । नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेर रोकिएको छ ।

कारोबारमा प्राय सबै समूहको उपसूचकमा हरियाली छाएको छ । यो दिन १११ कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता सेयर ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १७.३९ अंकले बढेर ३१२.४४ बिन्दुमा रोकिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत ३६.१३, निर्जीबन बीमा कम्पनी २०२.४, उत्पादन तथा प्रशोधन १४१.७८, अन्य ४९.३९, माइक्रोफाइनान्स ९२.३९, जीवन बीमा समूहको ५४८.६६ अंकले बढेको छ ।

आइतबारको कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ । यसअघि आइतबार नै बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट र २७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो । मौद्रिक नीतिमा सेयर बजारमा  लागि सकारात्मक पहल गरिएपछि लगानीकर्ता उत्साहित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा