२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा, यसरी लिन सकिन्छ सेवा

२०७७, ६ श्रावण मंगलवार १४:४५

साउन ६, काठमाडौँ | नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ ।

सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकताबमोजिम प्रयोग गरी सिधै ‘कल ट्रान्सफर’ अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा जाने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कल गरिएको नम्बर व्यस्त भएमा, व्यस्त हुँदा तत्काल अर्को नम्बरमा र चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ‘कल ट्रान्सफर’ गर्न सकिने सुविधा आवश्यकताबमोजिम उपयोग गर्न सकिने उहाँले बताउनुभयो । 

‘कल ट्रान्सफर’ वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैँले परिवर्तन गर्न सक्छन् । यो सुविधा देशभरका टेलिकमका ल्यान्ड लाइन नम्बरमा उपलब्ध छ । सबै सुविधा सक्रिय र निष्क्रिय बनाउन आफ्नो एक्सचेन्जअनुरुप केही कि वर्ड डायल गर्नुपर्ने हुन्छ । जसको विवरण नजीकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ‘एनटिसी डट नेट डट एनपी’लतअ।लभत।लउ बाट प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।


कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरि नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत सङ्कुचित हुनाका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएका बेला टेलिकमको यो सेवाले ग्राहकलाई राहत दिएको छ । घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई बिस्तारै आत्मसात् गरिँदैछ । 

यस्तो अवस्थामा सेवाग्राहीले कार्यालय÷पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा टेलिकमले उपलब्ध गराएको ‘कल ट्रान्सफर’ सुविधाले केही राहत दिनसक्छ । 

टेलिकमका तारवाला टेलिफोनमा आउने फोन अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैँले ‘कल ट्रान्सफर’ गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन नछुटाई अर्को फोनमा उठाउन सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने