Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएन इन्फ्रास्ट्रक्चरको आइपिओ साउन १६ देखि निष्कासन हुने

२०७७, ९ श्रावण शुक्रबार ०७:५६

साउन ९, काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १६ गतेदेखि आइपिओ निष्कासन गर्न लागेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँमा ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले निष्कासन गर्न लागेको कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। त्यस्तै २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको गरी बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।  

कम्पनीले हाल कायम जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात बराबरको आइपिओ निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी ७९ करोड २८ लाख ७७ हजार छ । बिक्री गर्न लागेको आइपिओ वितरणपछि सो पुँजी १ अर्ब १३ करोड २६ लाखभन्दा बढी पुग्नेछ ।

आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा साउन २१ गते हुनेछ भने ढिलोमा भदौ ३ गते हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्कासन गर्न लागेको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ।

आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा रहेको थियो भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा छ। कम्पनीले  आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।

यस अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ। कम्पनीको आइपिओ बिक्रीपछि नेप्सेले नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा