Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, कति जनाले पाए शेयर ?

By साझासवाल

<p><b>असोज ३०, काठमाडौं ।</b> सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । असोज २१ देखि २५ गतेसम्म निष्कासन तथा बिक्री गरेको सेयरलाई बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज बाँडफाँट गरेको हो ।<br></p><p>आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन्। कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको हो। उक्त सेयरमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।</p><p>बाँकी रहेको ८ लाख ६३ हजार ५४५ योग्य आवेदकमध्येबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ताको लागि आवेदन परेको थियो। क्यापिटलले उक्त योग्य आवेदनलाई गोलाप्रथाद्धारा बाँडफाँट गरेको छ। आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जनाको हात खाली भएको छ। कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन्।&nbsp;</p>