मंसिर १५, काठमाडौँ | सोमबार देशभरका ३९६ स्थानिय तह र सातवटै प्रदेशमा अस्पताल भवनको सिलान्यास हुनेभएको छ | सरकारले विभिन्न पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैसाथ अस्पताल भवन शिलान्यास गर्ने भएको हो |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण हुन् लागेको हो | सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो |

सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए | यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ |

७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो|

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको | पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ |

हेर्नुहोस कुन पालिकामा हुँदै छन आज अस्पताल भवन सिलान्यास :

आज ३९६ स्थानीयतहमा अस्पताल शिलान्यास हुँदै,कुन-कुन पालिकामा ? (सूचीसहित)