मङ्सिर २१, काठमाडौं । सेयरमा नकारात्मक सर्किट लागेपछि आइतबारको लागि कारोबार बन्द भएको छ । कारोबारको सुरु देखि नै गिरावट देखिन थालेको बजार ३ घन्टा १३ मिनेटपछि बजार ६ प्रतिशतले घटेर बन्द भएको हो ।

११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ । पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने नियम छ ।

आज बजार मापन गर्ने सूचक १२३.३४ अंकले घटेर १९३२.११ बिन्दुमा रोकिएको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५१ अंकले घटेको छ । कारोबार रकम भने ७ अर्ब नाघेको छ ।

सेयर बजारमा नकारात्मक सर्किट लागेर कारोबार बन्द