<p><b>मंसिर २३, काठमाडौँ | </b>बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ | मंगलबारको तुलनामा प्रतितोला रु ७०० ले घटेको हो | आज छापावाल सुनको मूल्य ९३ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |<br></p><p>त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९५० मा कारोबार भइरहेको छ | यसअघि मंगलबार तेजाबी सुनको मूल्य ९३ हजार ६ सय ५० कायम भएको महासंघले जनाएको छ | आज चाँदीको मूल्य पनि घटेको छ |</p><p>मंगलबारको तुलनामा प्रतितोला रु २० ले घटेर १२१५ पुगेको छ |</p>
December 9, 2020
अर्थ/विकास, काठमाडौँ - KTM
घट्यो सुनको मूल्य
By kit
2 मिनेट पढाइ










