2026-06-20 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एनसेलले ल्यायो ‘एनसेल जबसप’,

2020-12-17

पुस २, काठमाडौं । एनसेलले आफ्ना ग्रहाकहरुका लागि अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर र आफूलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्ने एप ल्याएको छ | एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको हो |

जसले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई भेटाउने काम गर्दछ | एनसेलले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत यो सेवा संचालनमा ल्याएको बताएको छ | कोभिड–१९ महामारीले गर्दा रोजगारी गुमाएका हरुलाई भर्चुअल रुपमा यो सेवाले सम्पर्कमा रहन सजिलो हुनेछ |

उनले कार्यस्थल भन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृतिमा बढिरहेको बेलामा कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा भएको एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले बताए |

एनसेलका अनुसार,एनसेल जबसप रोजगारीका अवसरको खोजिमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजि रहेकाहरुलाई एक राम्रो प्लेटफर्म हुनेछ। आफूले खोजिरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गनुपर्ने जनाइएको छ ।कामदार खोजि रहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनु पर्नेहुन्छ । जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जान्छ ।

यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स १७१३७ ह्यास डायल गरी वा एनसेलजबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ।

काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्ता सम्म रहनेछ । त्यसैगरी कामको खोजिमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् । कामको खोजिमा रहेका व्यक्तिले कर सहित रु ३.८३ मा ३ दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसै अनुसार प्याकको समयसिमाभित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

ग्राहकले कर सहित रु ८.९४ मा ७ दिनको र कर सहित रु ३८.३१ मा ३० दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसिमा रहेको प्याक कर सहित मात्र रु १५३.२२ र २२९.८४ मा सुचारु गर्न सक्नेछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ