2026-06-17 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किन बन्द छन् धेरै विमानस्थल ?

2016-08-03

सिबी अधिकारी/साउन १९, काठमाडौँ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । 

भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का अनुसार मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा छन् भने १७ वटा बन्द रहेका छन् । छ वटा निर्माणधीन छन् । 

सोलुखुम्बुमा सबैभन्दा बढी चारवटा र खोटाङमा तीनवटा विमानस्थल छन् । काठमाडौँसहित २६ वटा विमानस्थल कलोपत्रे ९पक्की० गरिएका ९पक्की० छन् । काठमाडौँपछि पोखरा विमानस्थल सुविधा सम्पन्न मानिन्छ । भोजपुर, कांँगेलडाँडालगायत कालोपत्रे गर्ने क्रममा छन् । 

वर्षातमा तीन महिना बन्द 

मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षातको समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । क्यानका अनुसार ताप्लेजुङ, लामिडाँडा, कांगेलडाँडा, थामखर्क, दाङ, मनाङ, मेघौलीलगायतका विमानस्थल बर्सेनि वर्षातको समयमा बन्द हुन्छन् भने अन्य केही विमानस्थलमा अवरोध हुने गरेको छ । 

वर्षातको समयमा पहिरो, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र गन्तव्यमा पुग्ने यात्रुलाई समस्या पर्ने हुँदा हवाई यातायात छिटो र छरितो मानिन्छ । मौसम प्रतिकुलताका कारण पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुनेगरेको क्यानका आन्तरिक विमानस्थल र सहजीकरण विभागका प्रमुख सुधीरकुमार श्रेष्ठले बताउनुभयो । असार १५ गतेदेखि भदौ १५ गतेसम्म हवाइ सेवा अवरुद्ध हुने गरेको छ । 

दशकौँ अघि उडान सुरु गरेका ९हाल बन्द विमानस्थल० एयरलाइन्सले उडान नराखेका कारण बन्द रहेको क्यानको भनाइ छ । यिमध्ये सबैभन्दा लामो सन् १९६० देखि सप्तरीको राजविराज र गोरखाको पालुङटार बन्द छन् । क्यानका प्रवक्ता देवेन्द्र केसीले सम्भव भएसम्म क्रमशः उडानयोग्य सबै विमानस्थल कालोपत्रे गर्ने योजनाअन्तर्गत प्राथमिकतामा काम अघि बढाइएको बताउनुभयो । 

सरकारको तर्फबाट साझेदारीका साथ लगानी गर्न चालु आवको प्रस्तावित बजेटमा करिब रु १९ अर्ब बजेट विनियोजन भएको र क्यानले पनि बजेट थपेर विमानस्थलको निर्माण, मर्मत र क्षमता विस्तारका काम अघि बढाइने उहाँको भनाइ छ । निर्माण प्राथमिकतामा राजविराज र डोटी विमानस्थल छन् । कतिपयको स्तरोन्नति गरिनेछ । पहाडी उडान किन प्रभावित भन्ने प्रश्नमा प्रवक्ता केसीले विमानस्थल कालोपत्रे नभएको र उडानयोग्य ९मनाङ, दाङ०लगायत विमानस्थलमा साना विमान नभएकाले पनि उडान बन्द हुने गरेको बताउनुभयो । 

लामो समयदेखि बन्द रहेका विमानस्थल पनि स्थानीयवासीको माग अनुसार सञ्चालनको प्रयास गरिने उहाँले बताउनुभयो । हाल नेपाल एयरलाइन्स बाहेक नौवटा निजी एयरलाइन्सले आन्तरिक उडान भर्दै आएका छन् । विशेष गरी विगतको द्वन्द्व र पछिल्लो लोकतान्त्रिक आन्दोलनका कारण कतिपय विमानस्थलमा भौतिक पूर्वाधारमा भएको क्षतिपश्चात् उडान सञ्चालन हुन नसकेको क्यानले जनाएको छ । 

सडक सञ्जालले पहाडी जिल्लालाई जोडेपनि क्रमशः विमानमा यात्रा गर्ने यात्रुमा कमी आउनु, वायुसेवा कम्पनीले उडान नगर्नु तथा वायुसेवा कम्पनीसँग पहाडी जिल्लामा उडान गर्ने जहाजको कमीका कारण समस्या आएको हो । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि हाल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले जनाएको छ । 

घाटामै आन्तरिक विमानस्थल 

आर्थिक हिसावले आन्तरिक विमानस्थल सबैजसो घाटामा रहेको बताइन्छ । विराटनगर, भैरहवा, पोखरा र नेपालगञ्ज मात्र सञ्चालनयोग्य रहेका छन् । पर्यटकीय दृष्टिकोणले करोडौँ खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरुपमा सञ्चालन नहुँदा थप घाटा पुगेको छ । 

“करोड खर्च गरेर विमानस्थल कालोपत्रे गरियो तर प्रतिफल राम्रो छैन, पर्यटलाई लक्ष्यित गरेर बनाइएका विमानस्थल पनि चलेका छैनन, साना जहाज प्रर्याप्त नहुनुले पनि उडान हुनसकेको छैन,”–प्रवक्ता केसीले भन्नुभयो । अहिले रारा, मुगु, डोल्पा, सिमिकोट आदि विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा छैनन् । एउटा विमानस्थल कालोपत्रे गर्न कम्तीमा रु १५ करोड लाग्छ । विमानस्थलमा कतिखर्च हुन्छ भन्ने यकिन छैन, क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु