Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो रहने छ आजको मौसम !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जनाएका छन् । तराईका केही भागमा भने हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशभर सामान्य बदली देखि मौसम सफा रहने सम्भावना छ ।

राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीदेखि रहने सम्भावना छ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।