बर्षाको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित

साझासवाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ । उडान प्रतिकुल मौसमका कारण दिउँसो ३ बजेसम्म विमानस्थल बन्द गराइएको हो ।

देशभर परिरहेको अविरल वर्षाका कारण राजमार्ग समेत अवरुद्ध भएका छन् ।

काठमाडौं उपत्यका प्रवेश गर्ने राजमार्गहरू प्रभावित हुँदा यात्रुहरू समस्यामा परेका छन् ।